सिन्धुली – सिन्धुलीको फिक्कल गाउपालिका ४ मा अलपत्र परेका यात्रुको सोमबार उद्धार गरिएको छ । उनिहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
सोलु र ओखलढुंगा बाट काठमाडौ हिडेका यात्रुहरु मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछि त्यस क्षेत्रमा फसेको र नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार अलपत्र रहेका ८ बिरामी सहित अन्य बालबालिका ,बृद्व–बृद्वा लगायत १६ जना लाई सोबार दिउसो १ बजे नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लगिएको छ ।
यसैबीच बिपि राजमार्ग अन्तर्गत नेपालथोक–मंगलटारमा अलपत्र पेरेका ३५ जनालाई मान्छे हिड्न सक्ने गोरेटो बनाएर नेपालथोक तर्फ ल्याइदै गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काको कमाण्डमा फिक्कल देखि दुम्जा सम्म ११० जना प्रहरी उद्धारका लागि खाटाएको उहाँले बताउनुभयो ।