बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा बाढी प्रभावित क्षेत्रमा चोरी

सोमवार , आश्विन १४, २०८१

सिन्धुली – सिन्धुलीको बाढी प्रभावित क्षेत्रमा चोरी भएको स्थानीयले गुनासो गरेपछि सिल गरिएको छ । खुर्कोटबजार क्षेत्रमा अनावश्यक मानिसको आवतजावत र सवारी साधनमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार शनिबार राती सुनकोशी नदिको पानीको बहाव घटेपछि खुर्कोट बजारको ढुवानमा परेका घरमा चोरी भएको स्थानीयले बताएका थिए । उहाँले भन्नुयो, “बजारमा चोरी भएको स्थानीयले खबर गरेपछि हामीले सिल गरेका हौँ । अनावश्यक व्यक्तिको आतजावतमा रोक लगाएका छौँ । सवारी साधन प्रवेश गर्न दिएका छोइन । बाढी प्रभावित क्षेत्रमा चोरी भएकाले सुरक्षा सर्तकता अपनाएको तथा सुरक्षा बढाएका छौँ । प्रभावित क्षेत्रमा चौबिसै घण्टा गस्ती गर्ने, अनावश्यक आवतजावत रोक र सवारी साधनलाई पनि जान नदिनेगरि सुरक्षा बढाएका हौँ ।” प्रभावित क्षेत्रमा हुनसक्ने घटनालाई मध्येनजर गर्दै सुरक्षा व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

सुनकोशी नदिले खुर्कोट बजारका झण्डै ढेड सय घर ढुवानमा परेका थिए । मानवीय क्षेती नभएपनि भौतिक क्षेती धेरै भएको स्थानीयले जानकारी दिएका छन् । साथै मुल्कोट बजार पनि ढुवानमा परेको थियो । ढुवानमा परेका घरको तथ्यांक संकलन गर्ने कार्य भइरहेको उपरीक्षक काफ्लेले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोको कारण रोशी, मुल्कोट, खुर्कोट लगाएत जिल्लाभरि भएको क्षेतीको विवरण तयार गर्ने काम भइरहेको छ । बाढी पहिरो प्रभावित ठाउँमा स्थानीय तह साथै सम्बन्धी निकायसँग समन्वय गरेर तथ्यांक संकलनको काम भइरहेको उहाँ बताउनुहुन्छ । “शनिबार ग्वाल्टारका विपद प्रभावित व्यक्तिलाई सुरक्षित स्थान कौशीका माध्यमिक विद्यालयमा स्थान्तरण गरेर राखेका थियौँ । झण्डै १ सय परिवारलाई स्थान्तरण गरेका हौँ । मुल्कोट र खुर्कोटमा प्रभावित परिवारलाई स्थानीय तह, बजार व्यवस्थापनका पदाधिकारी लगाएत सरोकारवाला निकाय र स्थानीयले आफुले गर्नसक्ने सहयोग गरेर सुरक्षित स्थानमा राखेका थिए । सुरक्षानिकायको तर्फबाट उनीहरुको सुरक्षा साथै राहत उद्धारका लागि सम्बन्धीत निकायसँग छलफल गरिरहेका छौँ ,” उहाँले भन्नुभयो । सम्भावित घटनालाई ध्यान दिइ सचेत साथै सुरक्षित रहन उहाँले सम्पूणलाई अनुरोध गर्नुभयो ।

बाढी पहिरो प्रभावित परिवारलाई राहत साथै उद्धारका लागि स्थानीय तह र सम्बन्धीत निकायसँग समन्वय गरिरहेको काफ्लेले बताउनुभयो ।

३९ जनालाई हेलिकोप्टरबाट उद्धार

यसैगरी सुनकोसी गाउँपालिका–१ नेपालथोक गजुरीदह बाढीमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बीच बाटोमा फसेका ३४ जनलाई नेपाली सेना र पाँच जना बेलायती नगारिकलाई निजी कम्पनीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

उपरीक्षक काफ्लेका अनुसार रोशी खोलामा आएको बाढीले राजमार्ग भत्काएर क्षति गर्दा अपलपत्र विदेशी नागरिकसहित, विरामी, वृद्ध तथा बालबालिकाहरू गरी ३४ जनालाई आइतबार साँझ ६ बजे हेलिकोप्टरमार्फत धुलिखेल पठाइएको हो ।

त्यस्तै निजी कम्पनीको हेलिकोप्टरमार्फत सुनकोशी गाउँपालिकाको रातामाटाबाट पाँच जना बेलायती नागरीकको उद्धार गरेर काठमाडौं पठाइएको छ । राजमार्गको नेपालथोक–धुलिखेल खण्डको दर्जन बढी स्थानमा रोशीको बाढी र पहिरोले क्षति पु¥याएपछि तत्काल राजमार्ग सूचारु गर्न असम्भव छ ।

तीन दिनदेखि सयौं सवारी साधनका हजारौं यात्रुहरू अलपत्र थिए । अलपत्र यात्रुहरूमध्ये विरामी, अशक्त, वृद्ध तथा बालबालिकाहरूलाई हेलिकोप्टरबाट उद्धार थालिएको प्रहरी प्रमुख काफ्लेको भनाइ छ ।

प्रतिक्रिया