सिन्धुली – सिन्धुलीको दुम्जा स्थित आदिलिङ्ग कुशेश्वर मन्दिर परिसरमा रेहकाे गुरूकुलमा फसेका बटुक तथा विद्यार्थीहरुलाई उद्धार गर्न कठिन भएको छ । सिन्धुली प्रहरीका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जामा रहेको कुशेश्वर महादेव मन्दिरमा रहेको गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको र अहिलेसम्म उनीहरुलाई उद्धार गर्न नसकिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले उद्धारको प्रयास जारी रहेपनि सो स्थानमा हेलिकोप्टरसमेत बस्ने अबस्था नरहेपछि उद्धार कार्यमा कठिनाई भएको छ । मन्दिरमा सुनकोशी नदी र रोशी खोलाको बाढी पसेपछि अहिले मन्दिरमा आश्रय दिएकाहरुका जीवन संकटमा परेको बताइएको छ । एसपी काफ्लेले उनीहरुको उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको छ ।
गुरुकुलका गुरु नारायण घिमिरेले छिटो उद्धार गरिदिन आग्रह गर्नुभएको छ ।