शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा खोलाले एकजनालाई बगायो, शव फेला

शनिवार , आश्विन १२, २०८१

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानमा रहेको सुके खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा कनपा– ९ का ४६ वर्षिय कृष्ण बहादुर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

महोत्तरीको वर्दिबासमा काम गर्न गएका बोगटीलाई घर फर्कने क्रममा अबिरल वर्षासँगै आएको खोलाले शुक्रबार साँझ बगाएर वेपत्ता बनाएकोे थियो । वेपत्ता बोगटीको खोजी गर्ने क्रममा कमला खोलाको किनारस्थित सुकेखोलाको दोभानमा शव भेटिएको स्थानीय तथा नेपाल रेडक्रस सोसाईटी भिमान उपशाखा, सिन्धुलीका सभापति यादव प्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार कनपा–९ स्थित भिमान खोला र सुकेखोलामा पुल नबन्दा वर्षेनी मानवीय तथा भौतिक क्षति हुने गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया