बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

शनिवार , आश्विन १२, २०८१

सिन्धुली १२ असोज - अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

मुल्कोट बजार पनि डुब्यो  : यसैबिच अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको सुनकोशी गाउँपालिका-५ स्थित मुलकोट बजारका घर तथा रिसोर्टहरू डुबानमा परेका छन्। ब आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।

नदिमा आएको बाढीले मुल्लकोट बजारमा रहेका क्वालीटी रिसोर्ट, ताज रिसोर्ट, होटल पौवा लगायत दर्ज नौ घर तथा होटलहरु डुबानमा परेका छन्। उनले भने, “ मानवीय क्षती भएको छैन हामी उनीहरुलाई सुरक्षित स्थानमा स्थानतरण गरेका छौ।”

खुर्कोट बजार डुबानमा : यसैगरीअविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले जिल्लाको गोलन्जोर गाउँपालिका-७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन्। आज बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिए।

नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन्। उनले भने, “बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका छन्। पसलहरूबाट सामानहरू बहिर निकाल्ने काम भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन्।

प्रतिक्रिया