सिन्धुली – सिन्धुली प्रहरीले अबैध रुपमा भन्सार छली ल्याइएको सामान बरामद गरेको छ । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शनिवार राती २ लाख भन्दा बढी मूल्यको केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
वीरगन्जबाट काठमाडौँ तर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ०४०२ नम्बरको बोलेरोमा अवैध रूपमा ल्याइएको ८५ बोरा मटर केराउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले बताउनु भयो । बरामद गरिएको केराउको मूल्य २ लाख १२ हजार ५०० मूल्य बराबरको रहेको उहाँको भनाई छ ।
बरामद भएको सामान र गाडी सहित नियन्त्रणमा लिइ अनुसन्धान पछि आवश्यक कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उहाँले बताउनुभयो । चाडपर्वका वेला अवैध रूपमा बिभिन्न सामान हरुको ओसार प्रसार हुन सक्ने भन्दै राजमार्गमा प्रहरीले सवारी चेकजाँचमा कडाइ गरेको उहाँले बताउनुभयो ।