बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ठुलो परिणाममा अवैध सामान बरामद

मंगलवार , आश्विन १, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले ३५ लाख बढीको अवैध किरानाको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ६ माझीटार प्रहरी चेक पोष्टमा चेकजाँच गर्ने क्रममा भदौ २८ गते राती १० बजे बर्दिबासबाट काठमाडौँ लादै गरेको अवैध किरानाको सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रदेश ३– ०१ –०२२ च. ८६६३ नम्बरको पिकअप गाडि चेक जाँच गर्ने क्रममा विल नभएको ३५ लाख २५ हजार बराबरको किरानाको सामाग्री प्रहरीले फेला पारेको थियो । अवैध २४ कार्टुन ठुलो सानो रजनी गंधा पान मसला, पाँच कार्टुन क्याप्टेन चुरोट, दुइ कार्टुन लैला चुरोट, ३१ कार्टुन लाली चाउँचाउँ, पाँच कार्टुन पोटेटो विस्कुट, १० कार्टुन पार्र्लेजी बिस्कुट, ५० कार्टुन ओरिेयो विस्कुट र १० केजी सुपर पावर चक्का खैनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

पिकपअ गाडी सहित ५१ लाख २५ हजारको सामान बरामद गरेको हो । बरामद भएको सामान र पिकअप गाडी सहित नियन्त्रणमा लिइ अनुसन्धान पछि कारबाहीको लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया