बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

अबैध चिरान काठ बोकेको ट्याकटर सहीत मानिस पक्राउ

मंगलवार , भाद्र २५, २०८१

सिन्धुली – सिन्धुली प्रहरीको गस्ती टोलीले अबैध सालको चिरान काठ बोकेको एउटा ट्याक्टर सहित पाँच जना मानिस लाई मंगलवार दिउसो पक्राउ गरेको छ ।

दुधौली नगरपालिका –२, कमलापुल स्थित मदनभण्डारी राजमार्गमा भोर्लेनी जंगलबाट काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा ना.६.त ६९९२ नम्बरको ट्याक्टरलाई प्रहरी चौकी हत्पेतबाट खटिएको प्रहरी गस्ती टोलीले रोकी चेकजाच गर्दा ट्याक्टरमा कागजपत्र नभएको अवस्थामा अंन्दाजी ७५ क्युफिट सालको चिरान काठ फेला पारी ट्याक्टर, काठ र चालक सहित चार जनालाई नियन्त्रन लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्याक्टर चालक दुधौली नगरपलिका २ बस्ने वर्ष ५२ को जनक बहादुर श्रेष्ठ, वर्ष २० को गणेश श्रेष्ठ,बर्ष ३४ को लोक बहादुर मिजार, वर्ष ४० को खड्क बहादुर मिजार र वर्ष १८ को सागर मिजार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खडकाले बताउनुभयो ।

बरामद काठ, ट्याक्टर सहित पक्राउ परेका पाँच जनालाई आवश्यक कार्बाहीको लागि सव डिवीजन बन कार्यालय, हर्षाहीलाई बुझाईएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया