काठमाडौं – काठमाडौं–३१ स्थित सुकुम्बासी वस्ती सिन्धुलीका एक जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, सुम्बासी बस्तीमा १ नम्बर पानी ट्यांकी नजिकै खोला किनारमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भएका ४९ वर्षीय केदार खड्का मृत अवस्थामा भेटिएका हुन् ।
खडकाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । खडकाको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।