सिन्धुली – सिन्धुलीको सुनकोशी गाउपालिका–४ कोटगाँउमा रहेको सिद्धबाबा मन्दिरमा चोरी गर्ने एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । मंगलबार प्रहरीले मन्दिरको मुर्ती र सामान चोरी गर्ने घ्याङलेख गाउपालिका –१ का २० वर्षिय छेनम दोर्जे थिङलाई पक्राउ गरेको हो ।
थिङले मन्दिर तोडफोड गरी मन्दिर भित्रका सामान चोरेको भन्ने प्रहरीलाई खबर प्राप्त भएपछि तत्काल प्रहरी टोलि खटि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मन्दिर भित्र रहेको लक्ष्मी नारायणको ढलोटको मुर्ति, गरुढ, ठुलो घण्टी एक थान, सानो घण्टी २६ थान र फलामको त्रिशुल एक थान सहित प्रहरीले थिङलाई पक्राउ गरेको हो । थिङलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खुर्कोट ल्याएको वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।