बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुली करेन्ट लगाएर माछा मार्ने क्रममा एकको मृत्यु

बुधवार , भाद्र १९, २०८१

सिन्धुली –खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सिन्धुलीमा करेन्ट लागेर एकजनको मुत्यु भएको छ । कमलामाई नगरपालिका ,१० माथिल्लो भडारमा पर्ने कमलाखोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही स्थान घर भएका अन्दाजी ४२ वर्षीय लालबहादुर बि.कको मंगलवारर मृत्यु भएको हो ।

आफ्नै घरबाट अन्दाजी २ सय मिटर दक्षिणतर्फ रहेको कमला खोलामा घरबाट विजुली जडान गरी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागि लडिरहेको अवस्थामा मंगलवार दिउसो १२;४५ बजे निजको श्रीमती हिरा माया वि.क.ले देखि स्थानियहरुलाई जानकारी गराउनसाथ निजलाई उपचारको लागि जनसेवा अस्पताल बर्दीबास महोत्तरीमा लगि उपचार गर्ने क्रममा मंगलवार १४;०५ बजे डाक्टले मृत घोषण गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रतिक्रिया