सिन्धुली – सिन्धुली प्रहरीले लागु औषध दुब्र्यसन न्यृनिकारण अभियान अन्तर्गत अबैध गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका ७ काभ्रे र हर्लाबर्लामा ५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजाको व्याड र वेर्ना नष्ट गरिएको हो ।
प्रहरी चौकी क्यानेश्वार,बाट खटिएको गस्ति टोलीले अवैध रुपमा लगाईएको गाँजाको व्याड, वेर्नाहरु फेला पारी नष्ट गरिएको छ, उपरिक्षक काफ्लेले बताउनुभयो ।
प्रहरीका अनुसार अबैध गाँजा खेति गर्नेहरुभने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा लिएर भारतीय व्यवसायीहरुले अबैधरुपमा गाँजा खेति गर्दै आएको पाइएको छ । यस अघि पनि सिन्धुली प्रहरीले ठुलो परिमाणमा अबैध गाँजा नियन्त्रण तथा नष्ट गर्दै आएको छ ।