बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

युवा संघ सिन्धुलीले तोक्यो पालिका अधिवेशनको मिति

शनिवार , भाद्र १५, २०८१

सिन्धुली – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि सिन्धुलीले पालिका अधिवेशनको लागि मिति तोकेको छ । एक महिना भित्र जिल्लाको नौ वटै पालिकामा अधिवेश सक्ने युवा संघ सिन्धुलीका अध्यक्ष अरुण लामाले बताउनुभयो ।

उहाँका अनुसार हाल युवा संघले पालिका अधिवेशनका लागि जिम्मेवारी तोकिसकेको छ । जिल्ला कमिटि सिन्धुलीको बैठकले पालिका नगर तथा पालिका अधिवेशनका लागि जिम्मेवारी बाँडफाँड गरेको हो । सवै पालिका कमिटिहरुको भेला, बैठक र अधिवशेन सम्पन्न गर्नका लागि जिम्मेवारी तोकिएकाले सोही अनुसार आगामी कार्यक्रम अगाडी बढ्ने अध्यक्ष लामाले बताउनुभयो ।

उहाँका अनुसार आगामी भाद्र २२ गते जिल्लाको घ्याङलेख गाउँपालिका कमिटिको अधिवेशन हुने छ । २५ गते कमलामाई नगरपालिका कमिटिको अधिवेशन हुनेछ । यस्तै, २८ गते तिनपाटन गाउँपालिका कमिटिको, २९ गते मरिण गाउँपालिका कमिटिको अधिवेशन हुने छ । असोज ३ गते दुधौली नगरपालिका कमिटिको, ५ गते गोलन्जोर गाउँपालिका कमिटिको, ७ गते सुनकोशी गाउँपालिका कमिटि र १२ गते फिक्कल गाउँपालिका कमिटिको अधिवेशन हुने छ । हरिहरपुरगढी गाउँपालिका कमिटिको अधिवेशनको मिति भने टुंगो लागेको छ । केहि दिनमा हरिहरपुगढी गाउँपालिका कमिटिको अधिवेशन मिति तोक्ने अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया