बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

प्रमुख जिल्ला अधिकारी विहिन सिन्धुली

शुक्रवार , भाद्र १४, २०८१

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी विहिन हुदाँ सेवाग्राहीलाई समस्या भएको छ । प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित तोकिएका अन्य दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको हो ।

जिल्लामा अहिले एक हप्ता देखि प्रमुख जिल्ला अधिकारी नहुँदा झनै समस्या उत्पन्न भएको छ । यहाँ कार्यरत प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख विहीन बनेको हो । गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी नपठाएकाले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँलले निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा कामकाज चलाउनु भएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी फुयाँलले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता छ । कार्यालयमा महिनौंयतादेखि कर्मचारी अभावले सेवाग्राहीले सास्ती झेल्न बाध्य छन् । लामो लाइन बस्दा पनि समयमा काम नहुँदा सेवाग्राहीले सास्ती झेल्न बाध्य हुँदै आएको गुनासो गरेका छन् ।

प्रतिक्रिया