बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा लापसे गरेर सवारी चलाउने तीन जना पक्राउ

बिहिवार , भाद्र १३, २०८१

सिन्धुली – सिन्धुलीमा लागु पदार्थ सेवन गरेर सवारी चलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिपि राजमार्ग अन्र्तगत चियाबारी र खुर्कोटमा सवारी चालकको लापसे परीक्षण गर्ने क्रममा लापसे गर्ने तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इभि भ्यान चालक, ट्याक्टर चालक र बोलेरो चालक रहेका छन् । मधेश प्रदेश ०३–००१ ज ३९८ नम्बर को इभि भ्यान चालक, बा.२८ च. ९१९५ नम्वरको बोलेरो चालक र ना.५ ट. ७८६४ नम्बरको ट्याक्टर चालकले लागु पदार्थ सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यायल सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो । लापेस परिक्षण गर्दा तीन चालकको पोजेटिभ आएको उहाँले बताउनुभयो । तीन जना चालकलाई लागु औषध नियन्त्रण ऐन बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

सवारी चालकलाई लागु पदार्थ र मादक पदार्थ सेवन नगर्न आग्रह समेत गरिएको एसपी काफ्लेले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहयोगमा जन–स्वास्थ्य कार्यालय सिन्धुलीको प्राबिधिक सहयोगमा लापसे परिक्षण गरिएको हो । सवारी दुर्घटना न्युनिकरण र लागु पदार्थ सेवन तथा ओसारपसारलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्धेश्यले खुर्कोट र चियाबारीमा वि.पि. राजमार्गमा चल्ने सवारी साधनका ७० जना चालकहरुको लागु पदार्थ सेवन गरे नगरेको परिक्षण गरिएको थियो ।

प्रतिक्रिया