सिन्धुली – मध्यपाहाडी लोकमार्गअन्तर्गत सिन्धुलीकोे गोलन्जोर गाउँपालिका १ कुडुले नजिक हाईलक्स गाडी दुर्घटनामा परी सुनकोशी नवदमा बेपत्ता भएका तिन जान पाँच दिनसम्म फेला पर्न सकिएको छैन् ।
खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडीस शनिवार साँझ सुनकोशी नदीमा खस्दा बेपत्ता भएका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका वर्ष ३० का प्रनित स्यागु र वर्ष ३७ का बलराम घटुवा बुधवारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
उक्त गाडीमा सवार चारजना मध्ये तीनजना बेपत्ता छन् । बेपत्ता गाडी सोही दिन नदीबाट पत्ता लगाइ झिकिएको भए पनि चालकसहित तीन यात्रुको कुनै अत्तोपत्तो छैन । उनीहरूको पाँचदिनदेखि लगातार खोजी कार्य भइरहेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि, बेपत्ताका आफन्त र स्थानीयले संयुक्तरुपमा बेपत्ताको खोजी गरिरहेको भए पनि फेला पार्न नसकिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
गाडीमा चारजना सवार थिए । चार जनामध्ये एकजना गाडीबाट हामफालेर बाँच्न सफल भएका थिए भने गाडीका बेपत्ता रहेका छन् । सशस्त्र प्रहरीको गोताखोर टोलीले शनिवार यता दिनभर सुनकोसी नदीमा राफ्टीङ्ग मार्फत सुनकोसी नदीको करिव ३२ किलोमिटर तल उदयपुरको घुर्मीसम्म बेपत्ताको खोजी गरिरहेको गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोमप्रसाद बरालको भनाइ छ ।
गाडी आफैं अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल सुनकोशी नदीमा खसेको थियो। मध्येपहाडी लोकमार्ग अन्तरगत खुर्कोट–घुर्मी खण्डमा भएको उक्त दुर्घटना सडक मर्मत गर्दा थुपारिएको मसिनो गिट्टीका कारण पनि हुन सक्ने आशंका गरिएको छ । नदीमा पानीको बहाव बढेका कारण खोजी कार्य गर्न थप कठिनाइ भएको बताइएको छ ।