बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा खोलाले बगाउँदा एकको मृत्यु

सोमवार , भाद्र १०, २०८१

सिन्धुली – सिन्धुलीको मरिण गाउँपालिकामा आइतबार खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका–७ स्थित चुनिया खोलाले बगाउँदा सोही वडाको दधिदमार बस्ने २८ वर्षीय ज्ञान बहादुर भोलनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धृलीले जनाएको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काका अनुसार भोलनलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा भोलनलाई मृत अवस्थामा फेला पारिएको थियो । बाख्रा चराउन गएका भोलनलाई घर फर्कने क्रममा चुनिया खोला तर्ने क्रममा बगाएको मृत्यु भएका खडकाले बताउनुभयो । “आइतबार दिउँसो परेको पानीसँगै आएको बाढीले बगाउँदा भोलनको मृत्यु भएको हो  । प्रहरीटोली नदीमा पुग्दा उनलाई मृत अवस्थामा भेटिएको हो,” उहाँले भन्नुभयो ।

मृतक भोलनको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमर्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा लगएिकोे उहाँले बताउनुभयो । उक्त घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया