शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा दुर्घटना, सुनकोशीमा गाडी खस्यो

शनिवार , भाद्र ८, २०८१

सिन्धुली– सिन्धुलीमा आज गाडी दुर्घटना भएको छ । शनिबार बेलुका साढे पाँच बजेको समयमा मध्य पहाडी लोकमार्गस्थित सिन्धुलीको गोलान्जोर गाउँपालिका १ कुुडुलेमा निजि गाडी आफैँ अनियन्त्रित भई सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभएको छ ।

खोटाङको हलेसीबाट भक्तपुर जादैँ गरेको चार जना सवार इसुजु हाइलक्स गाडी सुनकोशीमा खसेको एसपी काफ्लेले बताउनुभयो । गाडिमा सवारमध्य भक्तपुरको सुर्यविनायक नगरपालिका जगातीका २७ वर्षिय सुसान्त कक्षपति प्रहरीको सम्पर्कमा रहेको र उनी मध्यम घाईते भएका छन् । गाडीमा सवार चारैजना भक्तपुरको सुर्यविनायक नगरपालिका जगातिका बासिन्दा हुन् । गाडीका चालक ३२ वर्षिय अबिन बके, ३० वर्षिय प्रनित स्यापु र ३७ वर्षिय बलराम घटुवा बेपत्ता छन् । गाडी देखिएको र निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले बताउनुभयो ।

घट्नास्थलमा ग्वालटार प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालय सिन्धुली र शसस्त्र प्रहरी कार्यालय सिन्धुलीबाट बाट झण्डै ३५ जनाको प्रहरी टोली उद्धारमा खटिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया