बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

फिक्कलमा बाघ आतंकले स्थानीय त्रसित

शनिवार , भाद्र ८, २०८१

सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिकामा बाघको आंतकले स्थानीय त्रसित भएका छन् । ३ महिना देखि जिल्लाको फिक्लल गाउँपालिकाको ५ नम्बर वडाको सोल्पा, खाङसाङ, झगरेबेसी, नारिम खोला लगायत पालिकाको अन्य वडाहरूमा को आतंकले स्थानीय वासिन्दाहरु त्रसीत भएका छन् । बाघले एकपछि आर्को स्थानमा पशुचौपाया मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।

तिन महिना अघि देखिनै बाघले जंगलमा चर्न गएको पशु चौपायहरु मार्ने गरेको र अहिले घरघरमै आएर मार्न थालेको स्थानीय बुद्धिलाल पाहाडीले बताउनुभयो । अहिले सम्म २ ओटा गाई र २० ओटा बाख्रा मारेको उहाँको भनाई छ ।

किसानले जीविकोपार्जनको लागि आम्दानीको स्रोत बनाएका पशुचौपायलाई बाघले मार्न थालेपछि किसान चिन्तित बनेको उहाँको भनाई छ । जंगलमा रहेको बाघ अहिले गाउँघर तिरै देखिन थाले पछि मानिसलाई पनि आक्रमण गर्ने हो की भन्ने चिन्ताले किसानलाई थप सताएको छ ।

त्यस्तै फिक्कल गाउँपालिका ५ का तारा राना मगरले वनमा चराउन लगेको ३ ओटा बोका बाघले खाएको बताउनु भयो । यस बिषयमा उहाँले वन कार्यलयलाई समेत जानकारी गराएको बताउनुभयो । यता फिक्कल गाउँपालिका ५ नम्बरका वडा अध्यक्ष बैकुण्ठलाल पाहाडीले भने किसानलाई सचेत रहन र जंगलमा गाई, गोरु, बाख्रा चराउन जाँदा समूहमा जान आग्रह गर्नु भएको छ । त्यतिकै जंगलमा पशु चौपायलाई नछाड्न र घरमै पशुचौपायलाई राख्दा पनि बलियो खोर, या दाम्लाले बाँधेर राख्न उहाँले आग्रह गर्नुभएको छ ।

बाघको कारण स्थानीयहरु एक्लादुग्लै हिड्डुल गर्न, पानी पँधेरो, घरायसी काम , घाँस दाउरा,र लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको छ । आहाराको लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।

प्रतिक्रिया