काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण पश्चातको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार सिन्धुलीको नौँ स्थानीय तहमा दुधौली नगरपालिकाले उच्चतम अंक ८५.७५ प्राप्त गरेको छ । यसैगरी क्रमशः मरिण गाउँपालिकाले ८२.७५ अंक, ध्याङलेख गाउँपालिकाले ७८.००, सुनकोशी गाउँपालिकाले ६७.७५ अंक, कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपाकिाले समान ६१ं.५० अंक,फिक्कल गाउँपालिकाले ६०.२५ अंक, तीनपाटन गाउँपालिकाले ५६.०० र गोलन्जोर गाउँपालिकाले ५३.२५ अंक प्राप्त गरेको छ ।
यसैगरी प्रतिवेदन अनुसार देशभरबाट उच्चतम अंक प्राप्त गर्ने तीन–तीन वटा गाउँपालिका र नगरपालिकासमेत सार्वजनिक गरेर पुरस्कृत गरिएको मन्त्रालयले जनाएको छ । जसअनुसार नगरपालिकातर्फ नीलकण्ठ नगरपालिका (धादिङ), तिलोत्तमा नगरपालिका (रुपन्देही) र रत्ननगर नगरपालिका (चितवन) क्रमशः प्रथम द्वितीय र तृतीय भई पुरस्कृत भए । यस्तै गाउँपलिकातर्फ धादिङको बेनिघाट गाउँपालिका प्रथम हुँदा समान अंक ल्याई गुल्मीको रुरुक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका पुरस्कृत भए ।
स्थानीय तहको संस्थागत स्वमूल्यांकन आर्थिक वर्ष २०७६/०७७ बाट सुरु गरिएको भएपनि मन्त्रालयले पहिलो पटक गुणस्तर परीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको प्रवक्ता काली प्रसाद पराजुलीले जानकारी दिनुृभयो