सिन्धुली –सिन्धुली प्रहरीले चोरीको मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोमवार बि.पी राजमार्गस्थित सुनकोशी गाउँपालिका १ नेपालथोक प्रहरी चौकी कुशेश्वर दुम्जा चेकपोष्टमा चेक जाँचगर्दा चोरीको मोटरसाइकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौँबाट सिन्धुली आउँदै गरेको बा.प्र.०२–०२७ प १३७६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकल चोरी भएको मोटरसाइकल भएकाले चालक र सवार दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलप्ीका प्रबक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक रौतहटको बोधिमाई नगरपालिका १ बस्ने १९ वर्षीय बिशम्बर साह कलवार र रौतहटको बोधिमाई नगरपालिका ८ का १८ वर्षीय सुरज कुमार गोसाई रहेकाछन । चेक जाँच गर्दा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त मोटरसाइकल हराएको भनी प्रहरी वृत्त सात दोबाटोमा निवेदन परेकाले मोटरसाइकल सहित दुवै जनालाई थप अनुसन्धानकोलागी प्रहरी वृत्त सातदोबाटो,ललितपुरको जिम्मा लगाई पठाइएको उहाँले बताउनुभयो ।