सिन्धुली – सिन्धुलीमा प्रहरीले लागुऔषध सहित दुइ जनालाई पक्राउ गरेको छ । आइतबार कमलामाई नगरपालिका ९ भिमानमा सवारी चेकजाँच गर्ने क्रममा लागुऔषध प्रहरीले दुई जनालाई पक्राउ गरको हो ।
बर्दिबासबाट सिन्धुली तर्फ आउँदै गरेको बा ११ च ७१५७ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा कारमा लुकाई ल्याएको ४९ बोतल एक्सपोलन न्यू नामक लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।
पक्राउपर्नेमा कार चालक कमलामाई नगरपालिका–७ का ३३ वर्षिय अम्मर बहादुर सिजाली मगर र कारमा सवार तिनापाटन गाउँपालिका–२ का ३२ वर्षिय सुदिप घिमिरे रहेको उहाँले बताउनुभयो । पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो ।