बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

हरिहरपुरगढी गाउँपलिकामा गाँजाको व्याड र बेर्ना नष्ट

शनिवार , भाद्र १, २०८१

सिन्धुली,– सिन्धुलीमा लगाएको गाँजाको व्याड र बेर्ना प्रहरीको टोलीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कपिलाकोट बाट खटिएको प्रहरी निरिक्षक सहितको प्रहरी गस्ति टोलीले हरिहरपुरगढी गाउँपालिका वडा नं ७ मा अवैध रुपमा लगाईएको गाँजाको व्याड र बेर्नाहरु नष्ट गरेको हो ।

हरिहरिपुरगढी गाउँपालिका ७ स्थित क्यानेश्वर, वन्चरेडाँडा लगाएतका विभिन्न स्थानहरुमा ८ कठ्ठा १० धुर क्षेत्रफलमा अवैध रुपमा लगाईएको गाँजाको व्याड र बेर्नाहरु फेला पारी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

त्यस क्षेत्रमा अवैध रूपमा गाँजा खेती हुने गरेको र पहिलो चरणमा नै बेर्ना उत्पादन नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले भनाई रहेको छ । बढ्दो गाँजा खेती नियन्त्रणमा लिन बेर्ना नष्ट गरिएको प्रहरीले बताएको छ । त्यस क्षेत्रमा लगाइएको अवैध गाँजा खेती प्रहरीले हरेक वर्ष नष्ट गर्दै आए पनि अवैध रूपमा गाँजाको खेती गर्नेको पहिचान हुन सकेको छैन । याहाँ स्थानीयको जग्गा भाडामा लिएर भारतीय व्यवसायीहरुले अबैधरुपमा गाँजा खेति गर्दै आएको पाइएको छ ।

पछिल्लो समयमा लागु औषध दुब्र्यसन नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अभियाननै चलाएको छ । लागु औषध दुब्र्यसन नियन्त्रणको लागि प्रहरीले बिभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुका साथै बिभिन्न समयमा लागु औषध नियन्त्रण गर्दै आइरहेको छ । अभियान अन्तर्गत बिद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम, सवारी चालकहरुको लागु पदार्थ सेवन चेकजाँच लगायतका कार्यक्रम हरु गर्दै आएको प्रहरी उपरीक्षक काफ्ले जानकारी दिनुभयो ।

प्रतिक्रिया