बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

अवरुद्ध मध्य पहाडी राजमार्ग सुचारु

बिहिवार , श्रावण ३१, २०८१

सिन्धुली - पहिरो र ढुंगामुढासहित आएको लेदोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउँपालिका ६ अक्करे भिरमा बिहान पौने छ बजेदेखि पहिरो र ढुंगा माटोसहितको लेदोको कारण अवरुद्ध‌ भएको सडक अहिले सञ्चालनमा आएको हो।

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको हो । गोलन्जोर गाउँपालिका ६ नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा अवरुद्ध विपी राजमार्गसमेत सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका २ चियाबारी नजिक बोलेरो सडकमै पल्टिएर दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो। दुर्घटना भएको बोलेरो हटाइएपछि विपि राजमार्ग संचालनमा आएको हो ।

प्रतिक्रिया