सिन्धुली – बुधवार रातिदेखि आएको वर्षापछि खसेको पहिरोले मध्य पहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध बनेको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत गोलोन्जर गाउपालिका ७ अक्करे भिरमा आज बिहान ०५ः४५ बजे देखी पहिरो र ढुंगा माटो सहितको लेदोको कारण दुबै तर्फ सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।