सिन्धुली – सिन्धुलीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । सिन्धुली अस्पताल सिन्धुलीमा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको हो । सर्लाही इश्वरपुरकी ५७ वर्षिय चमेली दमाइको बायाँ हिपको हाडजोर्नीको प्रत्यारोपण गरिएको हो ।
हाडजोर्नी विशेषज्ञय डा सुसान्त खड्का र सबिर खड्काको संयुक्त टिमले बिरामी दमाईको हाडजोर्नीको प्रत्यारोपण गरेको थियो । साउन २८ गते उहाँको शल्यक्रिया गरिएको थियो । “बिरामी आएको चार दिन भएको थियो, उहाँको प्रेसर बढी र डिप्रेसनको समस्या भएकाले शल्यक्रिया गर्न जटिल थियो । साथै पुरानो घाउँ र रक्सि धेरै खाने गरेकाले शल्यक्रिया गर्न धेरै नै जटिल भएता पनि हालील शल्यक्रिया गरेका थियौँ । यो सफल भएको छ ” डा सुसान्त खड्का भन्नुभयो ।
डा खड्का अनुसार सिन्धुलीमा यो ठूलो र पहिलो सफल शल्यक्रिया हो । हाडजोर्नीको सफल प्रत्यारोपण पछि अहिले बिरामीको अवस्थामा राम्रो सुधार आएको छ । अब जिल्लामा आइसियुको व्यवस्था हुनसके हाडजोर्नीको पूर्ण उपचार यही गर्न सकिने उहाँको भनाइ थियो ।
विरामी दमाई चार महिना अगाडि लडेर हिपको जोर्नी भाचिएको थियो । चार महिना देखि दमाइ कतै हिडडुल गर्न सक्नु हुन्न थियो । एक ठाउँमा सुतेकाले दमाईको कम्बरमा घाउँ समेत भएको डा. खड्काले बताउनुभयो । “उहाँको चोट ठुलो थियो । चार महिना देखि एउटै ओछ्यानमा हुनुहुन्थ्यो, त्यसले गर्दा उहाँको कम्बरमा घाउँ समेत भइसकेको थियो । परिवारमा पनि छोराछोरी बुहारी सबैले छोडेका रहेछन् । उहाँको श्रीमानको एक वर्ष अगाडि नै मृत्यु भएको रहेछ । उहाँको आफन्त भदा बहिनिले अस्पताल ल्याउनुभएको थियो ,” डा. खडकाले भन्नुभयो । बिरामी दमालाईको स्वास्थ्य अवस्था सुधार हुदै गएको छ । उहाँ हिडडुल गर्न लाग्नु भएको छ । अहिले जस्तै उहाँको स्वास्थ्य अवस्था सुधार हुदै गएमा दुइतीन दिनमै डिस्चार्ज गर्ने डा. खड्काले बताउनुभयो ।
यसअघि जिल्लाबासी साथै छिमेकी जिल्लावासी हाडजोर्नीको जटिल शल्यक्रियाका लागि लाखौं खर्च गरेर काठमाडौं तथा भारतसम्म पुग्ने गरेका थिए । अब सिन्धुलीमै शल्यक्रिया हुने भएपछि बिरामीको आर्थिक भार समेत घट्ने भएको छ ।