सिन्धुली, – जिल्लाको हरिहरपुरगढी गाउँपालिका –१ माथिल्लो चिसापानीमा घरमा आगलागी हुँदा १ लाख रुपैयाँ बढीको क्षति भएको छ ।
चिसापालिका उमेश गोलेको दुई तले काठको कच्ची घरमा आगलागी हँदा एक लाख चालिस हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो १ः २० बजेको समयमा भान्साको चुल्होबाट आगो सल्केको आगोले घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सिन्धुलीका प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।
आगलागीबाट गोलेको घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा कच्चीघर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हुनाले मानवीय तथा पशुचौपायमा क्षति नभएको प्रहरीले जनाएको छ ।