सिन्धुली –सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ ले आफ्नो वडा भित्र रहेका सवै सामुदायीक विद्यालयका कक्षाकोठामा सिसिटिभी क्यामरा र बिद्युतिय हाजिर जडान गरेको छ ।
बिद्यालयको शैक्षिक गतिविधि नियाल्नका लागि सीसीक्यामेरा र बिद्युतिय हाजिर जडान गरिएको वडा कार्यालयले जनाएको छ । वडा अन्तर्गतका मंगला मावि घोक्सिला, प्रभात निमावि देउरालिटार, बालकन्या प्रावि हैबारगाउँ, गणेश प्रावि मगरबेशी, नाकाजोलि प्राबी, जनता प्रावि छेत्पा र कल्यान प्रावि हैवार बिद्यालयका हरेक कक्षाकोठामा सिसिटिभी जडान गरिएको जनाइएको छ ।
शिक्षकले कक्षाकोठामा गएर विद्यार्थीलाई पढाएको वा विद्यार्थीले पढे नपढेको निगरानी राख्न सिसिटिभी जडान गरिएको वडाध्यक्ष रबिन कुमार श्रेष्ठले जानकारी दिनुभयोे । कक्षाकोठाको सम्पूर्ण गतिविधि वडा कार्यालयबाटनै मूल्यांकन तथा अनुगमन गरिने उहाँले बताउनुभयो । उहाँले विद्यालयका गतिविधिहरूलाई सहजै नियालेर देखिएका समस्या समाधान गर्न र विद्यालय क्षेत्रबाट अवान्छित क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सीसीक्यामेराले सहयोग गर्ने बताउनुभयो ।
उहाँले यो कार्य संगै विद्यायलका लागि प्रयोगशाला, आवश्यक भौतिक संरचना र शैक्षिक सामाग्रीमा समेत वडाले आगामी दिनमा लगानी गर्ने प्रतिवद्धता जनाउनुभयो ।