सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिकामा लखीमा खोलाले बगाएर सोमवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ जितपुर बस्ने वर्ष ५१ को शुरेश मलिक रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
मलामी जादाँ उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनको शव खोजी गर्दा बगाएको स्थानबाट अंन्दाजी ५०० मिटर तल किनारमा मृत अबस्थामा फेला फेला पारेको र कानूनि प्रकृया पुरा गरी शव पोष्टमार्टम पस्चात आफन्तले बुझि लगेको प्रहरीको भनाई छ ।