बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ब्राउन सुगरसहित दुईजना पक्राउ

मंगलवार , श्रावण २९, २०८१

सिन्धुली – सिन्धुलीमा प्रतिबन्धित लागुपदार्थ खैरो हिरोईन सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालीका वडा नम्बर–९ चोरखोलाबाट १० ग्राम ९ सय ०५ मिलिग्राम अवैध लागु पदार्थ खैरो हिरोईनसहित सिराहा कर्जन्हा नगरपालीका वडा नम्बर–३ बस्ने बर्ष–३६ को लाल बाबु यादव र बर्ष–४२ को घन बहादुर श्रेष्ठ लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रदेश २–०१–००२ प ९९३३ नं.को मोटरसाईकलमा सिराहाबाट खोटाङ हलेसी तर्फ जादै गरेको बेला ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लुकाई छिपाई ल्याएको खैरो हिरोईन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरिक्षक केशव कुमार कटुवालले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सिन्धुलीबाट लागु औषध कारोबार मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया