सिन्धुली – सिन्धुलीमा आइतवार बेलुका ८ बजे विंगर गाडीले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । बिपी राजमार्ग सडकखण्डको कमलामाई नगरपालिक –६ रातमाटामा इलामबाट काठमाडौँ तर्फ जादै गरेको जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.–७ बस्ने बर्ष–२५ को अजय यादवले चलाई ल्याएको प्रदेश १–०२–००२ च ४२९७ नम्बरको योद्दा पिकअपले बाटो क्रश गर्ने ठक्कर दिदा एक जना बालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सिन्धुली फिक्कल गाउँपालिका वडा नं.–४ खाङसाङ घर भई हाल कमलामाई नगरपालिका–६ रातमाटामा डेरा गरी बस्ने टेकनाथ पाहाडीको छोरा बर्ष–६ को चन्द्रदीप पाहाडी रहेको वाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रबक्ता प्रहरी बरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिनुभयो ।
घाइते बालकको बालकको टाउको,बाँया खुट्टामा चोट नाक बाट रगत्त बगेको, अबस्था मध्यम रहेको पौडेलले जानकारी दिनुभयो । घाईतेको सिन्धुली अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको धुलिखेल पठाइएको उहाँको भनाई छ । योद्दा पिकअप र चालक प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ,प्रहरीले बताएको छ ।