बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा अवैध सालको चिरान काठ बरामद

शनिवार , श्रावण २६, २०८१

सिन्धुली –सिन्धुलीमा प्रहरीले अवैध रुपमा चिरान गरेको साल जातको काठ बरामद गरेको छ । शुक्रबार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ चिसापानी सामुदायिक बनमा अवैध रुपमा साल चिरान गरेको काठ प्रहरीले बरामद गरेको हो ।

सामुदायिक वनमा अबैध रुपमा साल जातको काठ चिरान गरी राखेको छ भन्ने बिशेष सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षक समेततको टोली खटी गस्ती गर्ने क्रममा चिरान गरेको काठ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार गरिसकेको अवस्थामा बिभिन्न साईजको २ सय ५० क्यु फिट साल जातको काठ र सोही स्थान वरपर रुखहरु समेत लडाई राखेको अबस्थामा फेला परेको हो । उक्त काठ कस्ले कटान गरेको हो सो सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बरामद गरेको काठ काठहरुको सम्बन्धमा कानुनी प्रकृया पुरा गरी डिभिजन वन कार्यालय मरिण सिन्धुलीलाई बुझाउने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया