बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

गौमतीका विद्यार्थीको निःशुल्क स्वास्थ्य परिक्षण

शुक्रवार , श्रावण २५, २०८१

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित गौमती बहुमुखी क्याम्पसले शुक्रवार विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ ।

शुक्रवारको अरिरिक्त कृयाकलाप अन्तर्गत क्याम्पसले स्वास्थ्य प्रती सजक गराउन निःशुल्क स्वास्थ्य परिक्षण गरेको क्याम्पस प्रमुख दिलबहादुर कटुवालले जानकारी दिनुभयो । रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिन हरेक व्यक्तीले नियमित स्वास्थ्य परिक्षण गराउनु आबश्यक भए अनुरुप सचेतनाको लागि क्याम्पसले पहल गरेको कटुवालको भनाई थियो ।

बिहान ७ बजेदेखी ९ बजेसम्म क्याम्पसका करिव २ सय विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएको डाक्टर डिन्जुल कटुवालले जानकारी दिनुभयो । कार्यक्रमलाई जिल्ला अस्पताल सिन्धुलीले सहयोग गरेको थियो । स्वास्थ्य परिक्षणका लागि गौमतीका पुर्ब बिद्यार्थी डाक्टर जयन्ती चौधरी लगायत सिन्धुली अस्पतालका १० चिकित्सको उपस्थिती रहेको थियो ।

क्याम्पस ब्यबस्थापन समितीका अधक्ष्य कृष्णप्रसाद ढकालले चिकित्सक लगायत कार्यक्रममा उपस्थितलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया