सिन्धुली – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको आयोजनामा नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा बिहिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २३ युनिट रगत संकलन भएको संगठनका जिल्ला अध्यक्ष अरुण कुमार पाख्रीनले जानकारी दिनुभयो ।
जिल्लामा रगत अभावका कारण कसैले अनाहकमा ज्यान गुमाउनु नपरोस तथा अत्यावश्यक रगतको कमि नहोस भन्ने हेतुले संगठनको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सो को परिपुर्तिका लागि संगठनको एक महिने केन्द्रीय अभियान अन्तर्गत जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष पाख्रीनले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष पुष्पराज श्रेष्ठक पुष्पराज श्रेष्ठले राष्ट्रिय युवा संघ सधैं भरी देश र जनताप्रती उत्तरदायी रहेको एवं रचनात्मक तथा सृजनशिल कार्यक्रमहरु देशव्यापी संचालन गरि अगाडि बढेको देशको प्रमुख युवा शक्ति तथा संगठन रहेको बताउनुभयो । कार्यक्रममा रक्तदाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथी श्रेष्ठले प्रमाणपत्र वितरण गर्नुभयो ।