बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा ठुलो परिमाणको अवैध सामान बरामद

शुक्रवार , श्रावण २५, २०८१

सिन्धुली – सिन्धुली प्रहरीले ठुलो परिमाणको अवैध सामान बरामद गरेको छ । सर्लाहीबाट काठमाडाँैतर्फ जाँदै गरेको ट्रक भित्र बिल बिजकमा उल्लेख भएको भन्दा अतिरिक्त र कैफियत देखिएको सामान सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा वुधबार बेलुका सवारी चेकजाँच गर्ने क्रममा ४२ लाख ३६ हजारको अबैध सामान बरामद गरेको हो । मधेश प्रदेश.०३–००२ ख ०३०६ नं को ट्रक भित्र बिल बिजकमा उल्लेख भएको भन्दा अतिरिक्त र कैफियत देखिएको सामान १५ बोरा चिनि ६ लाख ७५ हजार मुल्यको, काजु २० बोरा ८ लाख मुल्यको बरामद गरिएको छ । यस्तै, १ लाख ६५ हजारको छोकडा ११ बोरा, ३ लाख ८४ हजारको सुपारी ६ बोरा, ७२ हजार को कालो मरिच दुइ बोरा, ६ लाख ४० हजारको सेतो मरिच १६ बोरा प्रहरीले बरामद गरेको छ । १५ लाखको मधेश प्रदेश ०३ – ००२ ख ०३०६ नम्बरको ट्रक समेत नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले जानकारी दिनुभयो ।

बरामद भएको अवैध सामानहरु र ट्रक समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय,पथलैया,बारा पठाइएको उहाँले बताउनुभयो ।

पछिल्लो समय सिन्धुली प्रहरीले जिल्लाअन्र्तगत रहेका मुख्य तीन राजमार्गहरुमा हुन सक्ने सम्भावित जोखिम, सवारी दुर्घटना, लागुऔषध ओसारपसार लगायत अवैध गतिविधिलाई मध्यनजर गर्दै सवारी चेकजाँचलाई कडा पारिएको उहाँको भनाई छ ।

प्रतिक्रिया