बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

जिल्ला प्रशासन कार्यालय सिन्धुली कार्यसम्पादन ३४ औँ नम्बरमा

बिहिवार , श्रावण २४, २०८१

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुली कार्यसम्पादन मूल्यांकनमा ३४ औँ नम्बरमा परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ मा कार्यालयको कार्यसम्पादन मूल्यांकनमा ९३ दशमलव ३१२५ नम्बर प्राप्त गरेको छ ।

गृह मन्त्रालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष सुरुआतसँगै कार्यसम्पादन सम्झौता गर्ने गरेका छन् । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, शासकीय प्रबन्ध, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणलगायत ६६ वटा सूचकमा १०० पूर्णांकमध्ये सिन्धुलीले ९३ दशमलव ३१२५ नम्बर प्राप्त गरेको छ ।

गएको आर्थिक वर्षमा तीन–तीन महिनाको कार्यसम्पादन मूल्यांकन समेत जोडेर अन्तिममा वार्षिक मूल्यांकन सार्वजनिक गरिएको छ । पहिलो त्रैमासिकमा २८ दशमलव ६२५ नम्बर, दोस्रोमा १७नम्बर, तेस्रोमा १६ दशमलव १८७५ नम्बर र चौथो त्रैमासिकमा ३१ दशमलव ५ नम्बर प्राप्त गरेको थियो ।

बाग्मती प्रदेशको १३ जिल्ला मध्येमा जिल्ला प्रशासन कार्यालय सिन्धुली छैठौं स्थान मा रहेको छ । बागमती प्रदेशमा मकवानपुर ९७.३७५ अंक प्राप्तगरी प्रदेशको प्रथम तथा देशभरको पाचौँ स्थानमा छ । यसैगरी ललितपुर ९६.१२५ अंक प्राप्तगरी प्रदेशको दोश्रो तथा देशभरको बाह्रौ, धादिङ ९५.७५अंक प्राप्तगरी प्रदेशको तेश्रो तथा देशभरको १४ औँ, भक्तपुर ९४.६८७५अंक प्राप्तगरी प्रदेशको चौथो तथा देशभरको २० औँ, काठमाडौं ९४.५६२५ अंक प्राप्तगरी प्रदेशको पाचौ तथा देशभरको ँ २१ औँ , रामेछाप ९२.६८७५अंक प्राप्तगरी प्रदेशको सातौँ तथा देशभरको ैँ ४० आँै, काभ्रेपलान्चोक ९१.६८७५अंक प्राप्तगरी प्रदेशको आठौँ तथा देशभरको ४६ औँ, चितवन ९१.५ अंक प्राप्तगरी प्रदेशको नौ औँ तथा देशभरको ४९ औँ ,रसुवा ९१ं४३७५अंक प्राप्तगरी प्रदेशको दशौँ तथा देशभरको ५० औँ, सिन्धुपाल्चोक ९१अंक प्राप्तगरी प्रदेशको एघारौँ तथा देशभरको ५३ औँ ,नुवाकोट ८७.१२५ अंक प्राप्तगरी प्रदेशको बाह्रौ तथा देशभरको ६६ औँ र दोलखा ८१.१८७५ अंक प्राप्तगरी प्रदेशको तेह्रौ तथा देशभरको ७१ औँ स्थानमा रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया