बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सुनकोशी रामटारमा बुधबार हाट लाग्न थाल्यो

बिहिवार , श्रावण २४, २०८१

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा बुधबार हाट बजार संचालनमा आएको छ । सुनकोशी गाउँपालिका ५ रामटारमा बुधबार हाटबजार संचालन भएको हो । स्थानीय उत्पादनको बजारीकरणका लागि रामटारमा हाटबजार संचालनमा ल्याएको गाउँपालिकाले जानकारी दिएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले हाटबजार संचालनमा ल्याएको बताएको हो ।

हाटबजार व्यवस्थीत नहुँदा कृषकले हैरानी बेहोर्नु परेको गुनासोको सम्बोधन गदैँ हाटबजार सन्चालनमा ल्याइएको सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा दाहालले बताउनुभयो । खुद्रा तथा अर्गानिक बस्तुको स्थानीय स्तरमै किनबेच गरेर कृषक ,व्यापारी तथा उद्यमीलाई प्रोत्साहन गर्ने उहाँले बताउनुभयो ।

सुनकोशी गाउँपालिका र लिबर्ड संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा ३९ वटा स्टलहरु निर्माण गरि हाट बजार संचालनमा ल्याइएको छ । हाटबजारमा तरकारी, फलफूल, लोकल कुखुरा,कपडा,खाजानास्ता, लगायतका २९ वटा स्टलबाट ब्यापार भएको छ ।

स्थानीय साना किसानहरुलाई प्रोत्साहन गर्दै स्थानीय रैथाने, अर्गानिक बालीहरुलाई जनस्तर सम्म पु¥याउने र प्रोत्साहन गर्ने, स्यानीय उत्पादन लाई बजारसँग जोडेर अर्थतन्त्रलाई मजबुद बनाउने उदेश्यले हाटबजार संचालनमा ल्याइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताउनुभयो । स्थानीय स्तरमा हाट बजार संचालन पश्चात किसानको आर्थिक अवस्थामा सुधार गर्ने अपेक्षा गरिएको छ । आफुले उत्पादन गरेका विभिन्न सामग्री आफ्नै ठाउँमा विक्री गर्न पाउँदा स्थानीय हर्षित भएका छन् ।

 

प्रतिक्रिया