काठमाडौँ ,२४ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र विक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ ६८ पैसा र विक्रीदर १७१ रुपैयाँ ४४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैया २२ पैसा र विक्रीदर १५५ रुपैयाँ ९१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १० पैसा र विक्रीदर ८८ रुपैयाँ ४९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५३ पैसा र विक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ९९ पैसा र विक्रीदर १०१ रुपैयाँ ४५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १० पैसा र विक्रीदर ९ रुपैयाँ १४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८१ पैसा र विक्रीदर २९ रुपैयाँ ९४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ८५ पैसा र विक्रीदर १२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६२ पैसा र विक्रीदर १९ रुपैयाँ ७० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १९ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ १४ पैसा र विक्रीदर ४४० रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५८ पैसा र विक्रीदर ३५७ रुपैयाँ १७ पैसा रहेको छ ।
