बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा लागु औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्ध प्रशिक्षण

बुधवार , श्रावण २३, २०८१

सिन्धुली – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तह सगँको संस्थागत साझेदारीलाई निरन्तरता दिई विद्यालय सम्पर्क कार्यक्रमलाई व्यवस्थित गराउन साथै बालबालिकाहरूमा अपराध, अपराधको रोकथाम, सामाजिक विकृति विसंगति,लागु औषध, प्रविधिको प्रयोगबाट बढ्दै गइरहेको विभिन्न अपराधहरू, कानूनी प्रावधान सम्बन्धी सचेतना अभिवृद्धि गर्ने अवधारणा अनुरुप जिल्लाको शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेजमा मंगलवारबार कक्षा ११ का बिद्यार्थीलाई लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्ध जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेले प्रशिक्षण दिनु भएको थियो । लागु औषधको इतिहास, लागु औषध तथा मनोद्धिपक पदार्थ, लागु औषधको किसिम र वर्गिकरण, लागु औषध दुरुपयोगका कारण र असरहरु र लागु औषध अपराध नियन्त्रणमा देखिएका समस्याहरुको विषयमा उहाँले प्रशिक्षण दिनुभएको थियोे ।

प्रहरी उपरीक्षक काफ्लेले लागु औषत दुरुपयोग तथा अवैध ओसार पसार सम्बन्धी आफ्ना समुदायमा त्यस्ता गतिविधि देखिएमा प्रहरीलाई खबर गर्न सम्पूर्ण विद्यार्थीलाई आग्रह गर्नु भयो ।

लागु औषत दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको बारेमा जानकारी दिन, कुलत बाट टाढा बनाउन, एउटा विद्यार्थी बाट धेरै विद्यार्थी, साथीसंगी, अभिभावक, लगायत समुदायमा बस्ने मानिसहरुलाई कुलतको बारेमा जानकारी दिन, कुलतमा लाग्न नदिन, कुलतबाट बच्नका लागि विद्यार्थीलाई मद्दत पुग्ने शिद्धबाबा प्लस टू म्यानेजमेन्टका कोअडिनेटर राहुल सिंहले बताउनुभयो ।

प्रतिक्रिया