बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा झण्डै ५५ हजारको अवैध सामाग्री बरामद

मंगलवार , श्रावण २२, २०८१

सिन्धुली – सिन्धुलीमा प्रहरीले झण्डै ५५ हजारको अवैध सामाग्री बरामद गरेको छ । सोमबार कमलामाई नगरपालिका ७ माझिटार चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा ५४ हजार ७५० रुपैयाको अवैध सामाग्री बरामद गरेको हो ।

प्रहरी साहयक निरिक्षकको कमाण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सार्वजनिक यातयातहरुमा लुकाई छिपाई ल्याएको विल नभएको सामाग्री प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

बिल नभएको ९ कार्टुन रेडबुल जम्मा २१६ वटा, ११ पिस गम्छा, १० पिस कुर्थासुरुवाल, ३ पिस तन्ना, २ बोरा बिडि, २३ पोका सरफ प्रहरीले बरामद गरेको हो । बरामद गरेको अवैध सामाग्री जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धानका लागि ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया