बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

कमलामाईको डिजिटल डिस्प्ले बोर्ड संचालन

सोमवार , श्रावण २१, २०८१

सिन्धुली – कमलामाई नगरपालिकाको डिजिटल डिस्प्ले बोर्ड संचालनमा आएको छ । डिजिडल डिस्प्ले बोर्ड जडान भएको केहि दिनमै विग्रेको थियो । बोर्ड मर्मत पछि संचालनमा आएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ । कमलामाई नगरपालिका र पालिका क्षेत्रको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिनका लागि ‘डिजिटल डिस्प्ले बोर्ड’ जडान गरिएको थियो ।

नगरपालिका भित्र रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने, सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवाको बारेमा जानकारी दिने र कमलामाई नगरपालिकाले प्रदान गर्ने सेवाको जानकारी दिनका लागि बोर्ड सञ्चालनमा ल्याइएको हो । पर्यटन प्रवर्द्धन गर्नुका साथै सार्वजनिक निकायले प्रदान गर्ने सेवा र कार्यक्रमको बारेमा स्थानीयलाई जानकारी दिनका बोर्ड सञ्चालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकामा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलको बारेमा बोर्डमा समेटिएको छ । कमलामाई नगरपालिकाको झण्डै ८ लाख लागतमा बोर्ड संचालनमा आएको हो । डिजिटल डिस्प्ले बोर्ड जडान गरेको दुई दिनमा हाई बोल्टेजको लाइनले केहि बल्क गएको नगरपालिकाको सूचना अधिकारी सागर ढकालले बताउनुभयो । बोर्डको बल्क जादाँ डिजिटल डिस्प्ले बोर्ड चल्ने छोडेको थियो । हाल बोर्ड संचालनमा आएको छ ।

प्रतिक्रिया