बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा डिउटीमा खटिएको ट्राफिक प्रहरी अपहरण

सोमवार , श्रावण २१, २०८१

सिन्धुली – सिन्धुलीमा भारतिय नागरिकले डिउटीमा खटिएका एक ट्राफिक प्रहरीलाई अपहरण गरेका छन् । यहि साउन १२ गते कमलामाई नगरपािलका ४ हिरापानी चेकपोष्टमा खटिएका ट्राफिक प्रहरी सहायक हवल्दार संदिप नारायण दासलाई भारतिय नागरिकले अपहरण गरेका हुन् । ट्राफिक प्रहरी दासले भारतबाट आएको निलो रंगको BR– 22 AP 7321 नम्बरको कार चेकजाँच गर्ने क्रममा कार चालकको बायाँ तर्फ कारमा सवार व्यक्तिले झ्यालबाट जवरजस्ती भित्र तानेर दासलाई लगेका थिए ।

मापसे चेकिङ गर्ने क्रममा कारको पछाडि सवार व्यक्तिले प्रहरी दासलाई भित्र तानेर लगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार प्रहरी दासलाई अपहरण गरेको डिउटीमा खटिएका अन्य प्रहरीले थाहा पाएपछि मोटरसाइकलमा कारको पिछा गरेका थिए । विपरित दिशाबाट आएको अटोको सहायता लिई ३ सय मिटर अगाडिबाट उक्त भारतिय कार नियन्त्रणमा लिएको थियो । कार सहित पाँच जना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कारमा सवार भारत सितामढी सरखंडका २५ वर्षिय मुकेश कुमार, बथनाहका ३८ वर्षिय दिलिप कुमार, समस्तीपुरका ३५ वर्षिय अविनाश कुमार, सितामाढी नस्लपुरका ४२ वर्षिय रामानन्द प्रसाद र सितामढी सुरखंडका ३४ वर्षिय आन्नद प्रकाशलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रमुख काफ्लेका अनुसार कारमा सवार सम्पूर्ण व्यक्तिले मापसे गरेका थिए । हाल अपहरण तथा शरिर बन्दकको मुद्धा दर्ता गरि कारबाहिको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया