बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीको चुरे जंगलबाट बर्खामा समेत काठ तस्करी

आइतवार , श्रावण २०, २०८१

सिन्धुली – संरक्षणको हेतुले बर्खाको वनमा काठ काट्न तथा खोलानालाबाट उत्खनन् गर्न प्रतिबन्ध लगाएकै समयमा कमलाखोंच र मरिणको चुरे जंगल अबैध फ“डानी र तस्करीको चपेटामा पर्ने गरेको छ । तराइबाट आउने काठ तस्करले स्थानीयको मिलेमतोमा बर्खाको समयमा समेत सालका रुखहरु कटान गरेर लैजाने गर्दछन् । चुरे क्षेत्रका सामुदायिक वन र राष्ट्रिय वनमा काठ तस्कहरुले चोरी निकासीका लागि बर्खाको मौसमलाइ अझ सुरक्षित मान्दछन् । पहिरो तथा चुरे खहरेहरुले ढालेको भन्ने गरि सालका रुखहरु ढाल्ने गरेको दुधौली नगरपालिका २ कोप्चेखोला सामुदायिक वन उपभोक्ता समितिका बुधे दनुवारले जानकारी दिनुभयो । चुरे जंगलमा तस्करहरुले सालका रुख ढाल्ने गरेका छन् । ढालिएका रुखहरु रातको समयमा सेटिङ मिलाएर निकासी हुने गरेको तीनै उपभोक्ता दनुवारले दावी गर्नुभयो । उहाँले भन्नुभयोे, “बर्खाको यो चार महिना आसपासमा तस्करी मौलाउने गरेको छ । सबैको ध्यान खेतीपातीमा हुने भएकाले यस्तो बेलामा तस्करहरुको चुरे वनमा रजगज चल्छ ।”

एकातिर ढलापडा सुखड खडाको नाममा बैध बनाएर हजारौ सालका रुखहरु कटान भइरहेको छ भने अर्कोतिर काठ तस्कर सलवलाउनाले चुरे जंगल सकिने स्थानीयलाइ चिन्ता छ । दुधौली नगरपालिका २ निपानेका बाशु कोइरालाका अनुसार वर्षेनी चुरेको जंगल फ“डानी र काठ चोरीका लागि तस्करहरुले रुख ढाल्दा उजाड भइसकेको छ । चुरे जंगल उजाड हु“दा खहरेले खेती योग्य जमिन बगरमा परिणत गर्दै लगेको उनको अनुभव छ । सिरहा, धनुषा, महोत्तरी र सर्लाहीबाट हतियार सहित आउने तस्करहरुका अगाडि उपभोक्ताको कुनै जोड चल्दैन् । बर्खाको समयमा रुख ढाल्ने र दशैं तथा तिहारको चाडबाडको समयमा तस्करहरुले गोलिया बनाएर लैजाने गर्दछन् ।

निशस्त्र चुरे जंगल भित्र पस्नु भनेको ज्यान माया मार्नु सरह हो, हर्षाहीका अर्का उपभोक्ता रतन दनुवारले भन्नुभयो, “गोलीया काठ लैजानेहरु घरेलु हतियार लिएर आएका हुन्छन्, चु बोल्न समेत पा“इदैन्, नत्र ज्यानको खतरा हुन्छ ।” चुरे जंगलमा गोठालो जाने गरेका रतनका अनुसार बयलगाडा सहित समूहमा सालका गोलिया चोरी गर्नेहरु आएका हुन्छन् । खाजासामल लिएर बिहान चुरे जंगल छिर्ने र बेलुकीपख गोलिया लिएर तस्करहरु फर्कने गर्दछन्, उहाँले भन्नुभयो, “चुरियाको जंगल बाहिरबाट देख्दा घना देखिन्छ, भित्रभित्रै सखाप भैसकेको छ ।”

तस्करहरुले सिन्धुलीको सालको काठ भन्दै भारतको सितामाडी, मजफ्रपुर र बिहारका विभिन्न सहरहरुमा विक्रीका लागि पु¥याउने गर्दछन् । हत्पतेका रिजेन्द्र बरालका अनुसार सितामाडीमा नेपालको सालको काठ पाइन्छ भनेर लेखिएको साइनवोर्ड राखेर विक्री हुने गरेको छ । तस्करहरुले सालको रुखलाइ ढालेर टुन बनाएर लैजाने गरेका छन् । चुरे आसपासमा धेरै जसो फ“डानी गरेर बस्ने स्थानीयहरु रहेका छन् । सालको जंगल हट्दा थप जग्गा भोगचलन गर्न पाइने लोभले स्थानीयहरुको समेत मिलीभगत हुने गरेको छ । बर्खा निर्वाचन, चाडबाड, प्रकोप, महामारीमा वन कर्मचारीहरुको उपस्थिती जंगलमा नहुने भएकाले तस्करहरुले यस्तो समयलाइ मौकाकोरुपमा सदुपयोग गर्ने तिनै बरालले बताए ।

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख प्रल्हाद प्रसाद धितालले तस्करी रोक्न उपभोक्ताहरु पनि सचेत हुनुपर्ने जिकिर गर्नु भयो । कार्यालय एक्लैले फ“डानी र अबैध कटानी रोक्न नसक्ने उहाँको तर्क छ । बर्खाको चार महिना जंगल छिर्नै पाइदैन । अतिक्रमणको समस्या भने बढी छ ।

सिन्धुलीमा बनको कुल क्षेत्रफल १ लाख ६० हजार १ सय ९१ हेक्टर रहेपनि पछिल्लो समय बन फडानी गर्ने क्रम वढ्दै गएपछि बनको क्षेत्रफल क्रमश घट्दै गएको छ । सिन्धुलीका विभिन्न् स्थानीय तहहरुमा ८ हजार ४ सय १० हेक्टर जंगल फडानी गरेर बस्ती बसेको साथै बिकास निर्माण लगायतका आयोजनाहरुका कारण २० हजार भन्दा वढी हेक्टर बन क्षेत्र विनास भएको डिभिजन बन कार्यालय सिन्धुलीको तथ्याकंमा उल्लेख छ ।

चुरे जंगल अन्तर्गत तल्लो फा“टको तीनहजार ३८३ हेक्टर वन पूर्ण रुपमा नष्ट भई सकेको छ । कार्यालयका अनुसार दुईलाख ४७ हजार ८३४ हेक्टर वन क्षेत्र मध्ये एकलाख ६४ हजार २५८ हेक्टर चुरे क्षेत्रमा पर्दछ । त्यसमध्ये एकलाख चारहजार ९९७ हेक्टर वन क्षेत्रमा पर्दछ भने ४४ हजार १०९ हेक्टर जमिनमा खेती हु“दै आएको छ ।

प्रतिक्रिया