बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

शिद्धबाबा कलेज प्लस टुमा सिन्धुली जिल्ला प्रथम

आइतवार , श्रावण २०, २०८१

सिन्धुली, – राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको २०८० को कक्षा १२ को परीक्षामा सिन्धुलीको स्थित शिद्धबाबा प्लस टू म्यानेजमेन्टमा अध्यनरत बिद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । सिन्धुली जिल्लामा निजि क्षेत्रमा म्यानेजमेन्ट पढाईहुने शिद्धबाबा प्लस टू म्यानेजमेन्टमा अध्यनरत बिद्यार्थी देवि माया तामाङ र ओम राज तामाङले उत्कृष्ट नतिजा ल्याउदै जिल्ला प्रथम हुनु भएको हो ।

प्रकाशित नतिजामो गुरुकुल कलेजको भगिनी संस्था सिद्धबाबा म्यानेजमेण्टले प्लस टू म्यानेजमेन्टमा शत प्रतिशत नतिजा प्राप्त गरेको र त्यो नतिजा सिन्धुली जिल्लाकै पहिलो बनेको कलेजका कोअडिनेटर राहुल सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयोभयो ।

२०७९ सालमा स्थापना भएको सिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेजको पहिलो ब्याचकी देवी माया तामाङ र ओम राज तामाङ ३.७५ जीपीए ल्याउनु भएको छ । त्यस्तै ईशा श्रेष्ठ र समीक्षा पोखरेलले ३.७१ जीपीए सहित द्वितीय स्थान हासिल गर्नुका साथै कलेज बाट पहिलो ब्याचमा परिक्षा दिने ३५ जना बिद्यार्थी नै शत प्रतिशत उत्तीर्ण भएका हुन् ।

म्यानेजमेन्ट अध्ययन गर्नकै लागि काठमाडान्ै लगायत देशका बिभिन्न स्थानमा जाने सिन्धुलीका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा गुणस्तरिय र प्रबिधि मैत्री शिक्षा दिने उदेश्यले कलेज सञ्चालन गरेको कलेजका कोअडिनेटर सिंहले बताउनुभयो । निजि बिद्यालय भएपनि अत्यन्त न्युन शुल्कमा अध्यन गराइरहेको उहाँको भनाई छ ।

स्थापनाको पहिलो बर्षमा ३५ जना बिद्यार्थी रहेको कलेजमा दोस्रो बर्षमा ४३ जना र अहिले कक्षा ११ मा ८० जना बिद्यार्थी म्यमनेजमेन्ट पढ्नको लागि भर्ना भएको उहाँले बताउनुभयो । शिद्धबाबा प्लस टू कलेजमा सिन्धुली सहित धनुषा, महोत्तरी, सर्लाहि, रौतहट र सुनसरीका बिद्यार्थी समेत रहेको उहाँको भनाई छ ।

कजेल व्यवस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खत्रीले आफ्नो कलेजले नेपाल सरकार र स्थानीय सरकारले तोकेका सबै कानूनी प्रक्रिया पुरा गरी संचालीत कलेजले गरिव तथा बिपन्न परिवारबा बिद्यार्थीलाई छात्रबृत्तीको सुविधा रहेको बताउनुभयो । जिल्लामै म्यानेजमेन्ट बिधामा गुणस्तरिय शिक्षाको लागि शिद्धबाबा प्लस टू म्यानेजमेन्ट कलेजलाई थप ब्यवस्थित बनाउदै लैजाने उहाँको भनाई छ ।

प्रतिक्रिया