सिन्धुली – सिन्धुली सदरमुकाम माढी बजारमा प्रशासनले बजार अनुगमन थालेको छ । सिन्धुलीका साहायक जिल्ला अधिकारी कृष्णमणी ढकालको नेतृत्वमा गरिएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय, उद्योग तथा बाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ,,करदाता सेवा कार्यालय सिन्धुली, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका लगाएतको उपस्थिती रहेको थियो ।
अनुगमनका क्रममा ३० हजार २४० रुपैया मूल्य बराबरको म्याद सकिएको खाद्यान्न फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु बरामद गरेको हो । अनुगमन टोलीले यहाँका पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच गरेको थियो ।
अनुगमनटोलीले मेथी , मिट मसला ,जिरा र गरम मसला चकलेट, गुलाव जामुन, गुड लाइफ बिस्कुट, वरासी, बिस्कुट, पापड, चिकेन सुप, चिउरा, दालमोठ, तेल, वनस्पति, घिउ,सोया ससेस , पापड , पेय पदार्थ, चकलेट, हर्लिक्स, मसला, बेसारलगायत म्याद नाघेको पाइएकोले जफत गरेको साहायक जिल्ला अधिकारी कृष्णमणी ढकाले बताउनुभयो । बरामद सामान नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।