बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा छुट्टा–छुट्टै सवारी दुर्घटनामा चार जना घाइते

शुक्रवार , श्रावण १८, २०८१

सिन्धुली –, सिन्धुलीमा बिहिवार भएको छुट्टा–छुट्टै दुर्घटनामा चार जना घाइते भएका छन् । कमलामाई नगरपालिका ७ पानीट्यांकीमा पानीट्याङकीबाट बर्देउटार तर्फ जादै गरेको प्रदेश २–०२–००३ प ५३७४ नम्बरको १५० सि.सि पल्सर मोटरसाइकले पैदल यात्रीलाई ठक्कर दिदाँ एकजना पैदलयात्री र मोटरसाइकलमा पछाडी सवार एक जना गरी दुई घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेहरुमा पैदलयात्री कमलामाई नगरपालिका.७ बस्ने बर्ष ६६ की पदममाया विशंखे र मोटरसाइकलमा पछाडी सवार कमलामाई नगरपालिका ७ बस्ने बर्ष २० को प्रविन खत्री रहेको प्रहरीले जनाएको छ ।

घाइते विशंखेको बाँया हात भाँचिएको,टाउको पछाडी र घाँटीमा समेत चोट अबस्था गम्भिर रहेकोले सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलीखेल पठाइएको र अर्का घाइते मोटरसाइकलमा पछाडी सवार खत्रीको दुबै हात र दाँहिने खुट्टामा सामान्य चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलले जानकारी दिनुभयो ।

मोटर साइकल चालक कमलामाई नगरपालिका ४ बस्ने बर्ष २२ को विवेक कुमार ठाकुरले मादकपदार्थ सेवन गरेको र,कागज पत्र साथमा नभएकोले मोटरसाइकल र चालक ठाकुरलाई चालक प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको उहाँले बतउनुभयो ।

यस्तै बिहिवार नै मदनभण्डारी राजमार्ग अन्तरगत दुधौली नगरपालिका २ रतनपुरमा भिमानबाट डकाहातर्फ जादै गरेको चालक दुधौली नगरपलिका –२ भलुवाही बस्ने वर्ष अंन्दाजी ३१ को टिका घिमिरेले चलाएको म.प्र–०२–००६ प ७५५ नम्बरको यमाहा एफ जेट मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाया साईडमा टायर पञ्चर भई रोकी राखेको ना ८ ख २०५२ नम्बरको मिनी ट्रकमा ठक्कर खाई दुर्घटना भई दुई जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक टिका घिमिरे र पछाडी सवार दुधौली नगरपालिका २ भलुबाही बस्ने अंन्दाजी वर्ष ५४ को माधव घिमिरे रहेको प्रहरी वरिष्ठ उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

घाईतेहरू मोटसाइकल चालक घिमिरेको बाया हात र टाउकोमा सामान्य चोट अवस्था सामान्य र मोटरसाइकलमाा पछाडी सवार माधब घिमिरेको बाँया खुट्टा, टाउकोमा चोट,अवस्था गम्भीर रहेकोले दुवै घाइते हरुलाई उपचारको लागि बर्दिबास स्थितमा रहेको शुभ स्वस्तिक अस्पताल तर्फ पठाईएको, उहाँले बताउनुभयो ।

दुवै सवारी र ट्रक चालक झापा बिर्तामोड नगरपालिका १ बस्ने बर्ष ३७ को सुदिप थापा प्ररीले नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया