बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

गोलन्जोर ६ मा एकीकृत घुम्ती शिविर सुरु

शुक्रवार , श्रावण १८, २०८१

सिन्धुली – जनतालाई सहज सेवा प्रदानका लागि सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ ले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । वडावासीको सहजताका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवाको वडाका सबैलाई पायक पर्ने विभिन्न गाउँमा पुगेर एकीकृत घुम्ती सेवा शिविर मार्फत सेवा प्रवाह गर्ने भएको छ ।

बिहीबार हैबार गाउँबाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर २२ गते सम्म गाउँ–गाउँमा पुगेर सेवा प्रवाह गर्ने वडाध्यक्ष रविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घुम्ती शिविर १८ गते नाकाजोली, २० गते छेत्पा, २१ गते घोक्सिला र २२ गते मगर बेसीमा वडा कार्यालयबाट प्रवाह हुने वडा कार्यालय प्रशासनिक सेवा, मालपोत सेवा, सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण लगायत आधारभूत स्वास्थ्य सेवा तथा पशु उपचार सेवा दिइने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडास्तरबाट प्रदान गरिने आफ्नै घरआगनमा सेवा लिन पाउँदा आफुहरुलाई सहज भएको र स्थानीय सरकारको अनुभूति भएको स्थानीयहरुले जनाएका छन् । वडा कार्यालयबाट प्रदान गरिने सेवालाई नागरिकको घरदैलोबाटै सेवा प्रदान गर्ने आफुहरुको लक्ष्यअनुसार नै शिविर सञ्चालन गरिएको वडअध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया