सिन्धुली — सिन्धुलीको तीनपाटन गाउँपालिका –११, स्थित रहेको हाँडीखालाले बगाउँदा बुधवार एक बालकको मृत्यु भएको छ । सोही गाउँपालिका –४ लुभु बस्ने कमल तामाङको छोरा करिब चार वर्षको मन्जिल तामाङको बगाउँदा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रबक्ता प्रहरी वरिष्ठ उपरीक्षक रबि कुमार पौडेलका अनुसार बुधवार हाँडी खोलाको दोभानमा ल्याई ढुंगामा अडकी रहेको अवस्थामा स्थानीय सेतीमाया अछामी मगरले देखेपछि प्रहरी स्थानीयको सहयोगमा खोलाबाट उद्धार गरी लाम्पान्टार स्वास्थ्य केन्द्रमा अपराह्न चार बजे पुर्याएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए । बालकको शव परिवारलाई बुझाइएको उहाँले बताउनुभयो ।