बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

म्यानेजमेन्ट अध्ययनका लागि नेपालमैै उत्कृष्ट सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट

बिहिवार , श्रावण १७, २०८१

सिन्धुली –एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाईमा परेको हो ।

अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरुमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर पछिल्लो समयमा म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबिच तीव्र प्रतिस्पर्धा छ ।

म्यानेजमेन्ट अध्ययनका लागि सिन्धुलीको कलेज कमलामाई नगरपालिका –६ रातमाटामा रहेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्राण्डका रूपमा स्थापित कलेज हो । व्यवस्थापन विषय अध्ययनका लागि सिन्धुलीको एकमात्रै उत्कृष्ट कलेजका रूपमा रहेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट सम्पूर्ण रूपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमा मात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ ।

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौं शताब्दीको मागअनुसार विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ ।

म्यानेजमेन्ट कस्तो विषय हो ?

म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिचारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी पनि हो ।

उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले होटल म्यानेजमेन्ट,फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषयमात्रै हुन् भन्ने बुझाई छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् ।

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टको विशेषताहरू

सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट वि.सं.२०७६ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरू विषय अध्यापन हुँदैन र सम्पूर्ण रूपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्याथी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछन । त्यसैले सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाई हुने अरू कलेजभन्दा भिन्न छ । छ वर्षअघिबाट होटल म्यानेजमेन्ट पढाउन थालेको सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टमा प्रन्टअफिस, भान्सा, रेष्टुरेन्ट, हाउसकिपिङ, बार, कम्युटर ल्याब लगायत बरिस्टा ट्रेनिङकोलागि सुविधासम्पन्न ल्याबरहेको छ । झण्डै डेढ करोड लगानीमा स्थापना गरिएको उक्त कलेजमा एसिसहित मल्टिमिडिया कक्षहरुको सुविधारहेको छ । सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट स्कटल्याण्ड, मलेसिया र नेपालका विभिन्न शैक्षिक संस्थाबाट सम्बन्ध प्राप्त रहेको कलेज हो ।

होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो छ । म्यानेजमेन्ट अध्ययन गर्न चाहनेलाई सिन्धुली कलेज अफ होटल म्यानेजमेन्ट कलेजमा विभिन्न छात्रवृत्तिको कार्यक्रम रहेको छ । सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टले नेपालसहित जापान, भारत, कुवेत लगायत विभिन्न देशमा विद्यार्थीकालागि इन्र्टनसिप गर्न पठाउने गरेको छ । इन्टर्नसिप गर्न कलेजले नेपालकै प्रतिष्ठित होटल देखि विदेशसमा समेत पठाउने गरेको छ । यहाँका विद्यार्थीमध्ये धेरैले विदेशमा अध्ययनकालागी राम्रा अवसरहरू प्राप्त गरेका छन् । सिन्धुली कलेज अफ होटल म्यानेजमेन्टबाट बाहिर निस्किदा कुनै पनि विद्यार्थीले एउटा बलियो शैक्षिक प्रमाणपत्र र बोल्डनेस, कन्फिडेन्स बोकेर जानसक्छन ।

अर्को सबैभन्दा बलियो पक्ष भनेकै यहाँका अनुभवी शिक्षकहरू हुन् । यहाँ पढाउने शिक्षकहरू अनुभवी छन् । जो विद्यार्थी ११–१२ कक्षा अध्ययनका लागि आउँछन्, उनीहरू आफैँले शिक्षकको मूल्यांकन गर्न पाउने व्यवस्था यो कलेजमा छ । यदि कुनै शिक्षकबारे विद्यार्थीबाट बारम्बार गुनासो आयो भने शिक्षक नै हट्ने सम्भावना पनि हुन्छ । यसबाट शिक्षक सधैँ विद्यार्थीप्रति उत्तरदायी हुन्छन् । अर्को कुरा शिक्षक र विद्यार्थीबिच फ्रेन्ड्ली सम्बन्ध हुन्छ भने शिक्षक अहिलेको जेनेरेसन र प्रविधिसँग अपडेटेड हुनैपर्छ । भन्दा र सुन्दा यो कुरा अनौठो लागे पनि यसले विद्यार्थीलाई नै सहयोग पुग्छ ।

 

 

 

प्रतिक्रिया