सिन्धुली – नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सिन्धुलीले मनोज झपेन्द्र स्मृति दिवसको अवसरमा जिल्ला कारागार सिन्धुलीमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशीको सम्झनामा कारागारमा आश्रित ११ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरीएको कर्मचारी संगठनले जनाएको छ ।
कैदी जीवन बिताइरहेका महिला कैदी बन्दीहरूका आश्रित बालबालिकाहरूलाई सहज होस भनेर अध्ययन गर्न सहयोग पु¥याउने उद्देश्यले भित्ते अध्ययन सामग्री, कपि, पेन्सिल र खेलकुद सामग्री वितरण गरिएको निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले बताउनुभयो ।

जिल्ला कार्यसमिति सिन्धुलीका अध्यक्ष पदम मगर अध्यक्षता,नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय निर्वाचन आयोग सदस्य फडिन्द्र ढुंगेलको प्रमुख आतिथ्यता, पेसागत महासंघ नेपाल केन्द्रीय सदस्य भरत श्रेष्ठ, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।
१५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेला प्रहरीको गोली लाग्दा ज्यान गुमाउनु भएका जोशी र कर्मचारी आन्दोलनकै क्रममा आगजनीमा ज्यान गुमाउनु भएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा नेपाल निजामती कर्मचारी संगठन विभिन्न कार्यक्रम गर्दै ‘मनोज–झपेन्द्र’ स्मृति दिवस हरेक बर्ष साउन १५ गते मनाउने गरको छ ।